रहस्यले भरिएको टुप्पी पाल्नुको कारण के हो ? थाहा पाउनुहोस्

सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी राख्नुको विशेष महत्व रहेको हुन्छ ।शास्त्रहरुमा त्यसको साथसाथै टुप्पी काट्न नहुने कुरा उल्लेख भएको पाईछ । कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाइ शिर काट्नु बराबर नै मानिने गरिएको हुन्छ , यसबाट पनि थाहा हन्छ की धर्म शास्त्रले टुप्पी पाल्नु वा राख्नुको महत्व कति छ भनेर । आजकाल टुप्पीलाइ फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पीलाई गाँठो पारेर राख्नु पर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नु पर्ने पनि उल्लेख छ ।

टुप्पी पल्नुका फाइदा यस्ता छन् –

टुप्पी पाल्दा स्मरण शक्तिमा वृद्धी हुने धर्मशास्त्रमा लेखियको छ । चाणक्य शास्त्र आनुसार टुप्पी नबाँधीकन कुनै सपथ लिनु हुँदैन। शिखाको सम्बन्ध शरीर सञ्चालन गर्ने मुख्य अंग मस्तिष्कसँग हुने कुरा बैज्ञानिक रुपले समेत प्रमाणित भएको छ ।

शिखा अथवा टुप्पीको सम्बन्ध मानिसको मस्तिष्कको भित्री भाग सम्म भयको हुन्छ । टुप्पी राख्ने शिरको केन्द्र भागमा चोट लागेमा मानिसको तत्कालै मृत्यु नै पनि हुन सक्छ । धर्मशास्त्रले भन्छ, शिखाले मानिसहरुलाई विभिन्न रोग लाग्नबाट समेत बँचाउछ ।

शिखाको भूमिका गर्मी वा चिसोबाट बचाउँन पनि हुन्छ। मानिसको शरीरलाई चिसो वा गर्मीबाट बचाई मानिसलाई स्वस्थ राख्न यसले सहयोग गर्छ ।

कान, नाक, जीव्रो, आँखा आदि शिखा संग सम्बन्धित हुन्छन । टुप्पी पाल्दा मानिस को शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाब पर्छ साथै यसले हाथ, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ ।
हामीले टुप्पी पल्नाले मस्तिष्कलाई मजबुत बनाउने कुरा बैज्ञानिकले समेत दाबी गरेका छन् ।