बलात्कार मुद्दा जेल जीवन भोगिरहेका चर्चित भारतीय धर्मगुरु रहीम सिंहलाई पत्रकारको हत्यामा दोषी ठहरिएपछि आजीवन कारावास

बलात्कार मुद्दा दोषी ठहरिएर २० वर्षको जेल सजाय काटिरहेका भारतीय चर्चित धार्मिक गुरु सौदा प्रमुखसमेत रहेका गुरमीत राम रहीम सिंह पत्रकारको हत्यामा दोषी ठहरिएपछि आजीवन कारावासको सजाय सुनाइएको हो।

करिब १५ वर्ष पुरानो बलात्कार मुद्दा झेलिरहेको रहिमलाई २०१७मा अगस्त महिनामा हरियाणा रोहतकको सुनारिया विशेष अदालतले २० बर्षको सजाय र १५ लाख जरिवाना सुनाएको हो ।

यौन हिंसाका बारेमा खबर बाहिर ल्याएपछि स्थानीय पत्रिकाका सम्पादक रामचन्दर छत्रपतिलाई सन् २००२ मा गोली हानी हत्या गरिएको थियो।

पत्रकारको हत्यामा दोषी राम रहीम सिंहसहित थप तीन जना- कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाल दोषी ठहरिएको हो ।

यो पनि पढ्नुहोस :

चर्चित भारतीय धर्मगुरु बलात्कारी राम रहिमलाई २० बर्ष जेल सजाय

बलात्कार मुद्दामा दोषी भारतीय चर्चित धार्मिक गुरु सौदा प्रमुखसमेत रहेका गुरमीत राम रहीम सिंहलाई २० वर्षको जेल सजाय अदालतले सुनाएको छ । करिब १५ वर्ष पुरानो बलात्कार मुद्दा झेलिरहेको रहिमलाई सोमबार हरियाणा रोहतकको सुनारिया जेलभित्रै विशेष अदालतले २० बर्षको सजाय र १५ लाख जरिवाना सुनाएको हो ।

२००२ मा बलात्कार मुद्दा दायर भए पछि दोषी ठहर गर्दै उनि बिरुद्द अदालतले सजायको सुनुवाई गरेको हो | १९९२ मा दुई महिलालाई बलात्कार गरेको आरोप लागेको छ | सजाय सुनाए पछि रुदै रहिमले जज संग माफी मागेका थिए | रहिमले जजसंग मलाई माफ गर्नुस म माथि दया गर्नुस भन्दै अपिल गरेका थिए |

रोहतक सुनारिया जेलमै सीबीआई को बिशेष अदालतका जज जगदिप सिंहले २० बर्षको सजायको सुनुवाई गरेका हुन् | फैसला सुनुवाई पछि जगदिप सिंहले भने ; राम रहीमलाई दुई अलग-अलग मुद्दामा दोषी ठहर गर्दै २० वर्षको सजाय सुनाएको बताए | गुरुमीत रामरहीम सिंह माथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो ।

बलात्कार गरेपछि अरुलाई भने कतै उजुरी गरे मार्ने सम्मको धम्कि दिने गरेको पनि खुलासा भएको छ | धेरै महिलाहरु यौन शोषणमा परेको र धम्कि डर देखाएर बाहिर आउन नसकेको कुरा बिस्तारै खुल्दै छ | उनलाई अदालतले दोषी ठहर गत बिहिबार गरि सोमबार सजाय दिएको हो | राम रहीमलाई दोषी ठहर गरेपछि हरियाणा र पंचकुलामा भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । २ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

भिडियो हेर्नुहोस :

यो पनि पढ्नुहोस :

बलात्कारी बाबा रामरहिमले आफुसंगै जेल भित्र पनि युवती राख्ने भने पछी भयो हंगामा (फोटो सहित)

चर्चित भारतीय धर्मगुरु बलात्कारी राम रहिमलाई २० बर्ष जेल सजाय

बलात्कारी बाबा रामरहिमले आफुसंगै जेल भित्र पनि युवती राख्ने भने पछी भयो हंगामा (फोटो सहित)