१० वर्ष पहिले र अहिले कस्ती छिन चर्चित अभिनेत्री प्रियंका कार्की हेर्नुहोस (तश्विर)

नेपालकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आफ्नो पुरानो तश्विर शेयर गर्दै बिगतका दिनलाई सम्झेकी छिन। सामाजिक संजालमा नयाँ ट्रेन्ड भित्रिएको छ। आफ्नो १० बर्ष पुरानो र हालको तस्विरलाई एक साथ शेयर गर्ने नयाँ ट्रेन्ड #10YearChallenge को रुपमा चर्चित हुँदै गएको छ।

१० वर्ष पहिलाको तस्विर र १० वर्ष पछिको तस्विरलाई सँगै राखेर शेयर गरिएको सामाजिक संजालमा भेट्न सकिन्छ। पहिला हलिउडबाट शुरु भएको यो च्यालेन्ज बलिउड हुँदै नेपालमा पनि भित्रिएको छ। यसै च्यालेन्ज अन्तर्गत नेपालकी चर्चित नायिका प्रियंका कार्कीले पनि १० वर्ष अगाडीको र हालसालैको तस्विर शेयर गरेकी छिन्।