बिना हेल्मेट मोटरसाइकल चलाउने श्रीमानलाई ट्राफिक प्रहरीमा कार्यरत श्रीमतीले चकलेट र गुलाबको फुल दिएपछि …! (भिडियोसहित)

काठमाडौं, ४ माघ । भारतको हरियाणास्थित झज्जरको अंबेडकर चोकमा ट्राफिक चेकिङ चलिरहेको बेला एक अनौठो र रमाइलो दृश्य देखियो ।

ड्युटीमा रहेकी एक महिला ट्राफिक अफिसरले मोटरसाइकलमा गइरहेका एक व्यक्तिलाई रोकिन् । ती मोटरसाइकलमा सवार व्यक्तिले हेल्मेट लगाएका थिएनन् ।
ट्राफिक महिलाले सोधिन् -‘हेलमेट कहाँ छ ?’ प्रश्न सुनेपछि सुरुमा त ती व्यक्ति मुस्कुराए त्यसपछि भने अलमल परे ।

महिला ट्राफिक प्रहरीले पाठ सिकाउँदै उनलाई गुलाफको फूल र चकलेट दिइन् । वास्तवमा हेल्मेट बिना नै मोटरसाइकल चलाउने व्यक्ति ट्राफिक प्रहरी अफिसरको आफ्नै पतिदेव थिए ।

हेर्नुहोस् यो रमाइलो भिडियो :