प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीले संसदहरुको प्रश्नको जवाफ दिनु पर्ने

काठमाडौं,४ माघ । आजको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा संसदहरुको सवाल जवाफ दिने भएको छ। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको बताइएको छ।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो सातामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ’, उल्लेख छ।

शुक्रबार दिउँसो १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीसँग सरकारका कामकारवाहीबारे सांसदहरुले प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था मिलाइएको हो। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको बताइएको छ।

प्रधानमन्त्री ओलीले पुस २२ गते सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रश्न गर्न नपाएको भन्दै प्रमुख पतिपक्षी कांग्रेसले संसदमा प्रश्न गर्न पाउनु पर्छ भन्दै विरोध जनाएको थियो।