यस्तो बन्यो ‘प्रेमलीला’को ट्रेलर (ट्रेलर सहित)

काठमाडौं, ४ माघ । फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

जनक पाण्डेद्वारा निर्देशीत फिल्म ‘प्रेमलीला’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरु दिपशिखा खड्का, अलि खान र मौसम खड्काबिचको प्रेम, बिछोड र बदलालाई देखाइएको छ । सिनेमामा एउटा केटीले प्रेममा धोका भए पश्चात गर्ने संघर्ष र बदलाको कथा सिनेमाले उठान गरेको अभिनेत्री दिपशिखा खड्काले बताइन ।

दीपशिखा खड्काका अलवा भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको सिनेमामा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।

फिल्म फागुन १० मा रिलिज गरिने छ ।

ट्रेलर हेर्नुहोस् :