नायिका ऋचा शर्मा लाई हार्ट अट्याक आइसियूमा उपचार हुँदै

काठमाडौं – नायिका ऋचा शर्मा नर्भिक अस्पतालको आइसियूमा भर्ना भएकी छिन । ऋचा लाई हार्ट अट्याक भएपछी अस्पतालमा भर्ना गरिएको छ। हिजो एक्कासि छातीमा दुखेपछि उनी उपचारार्थका लागि अस्पताल पुगेकी थिइन्।

‘नायिका ऋचा शर्माको उपचार यहीँ भइरहेको छ’, नर्भिक अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई एन्जियोग्राफी गरिसकिएको छ। र, स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।’

उनलाई आज अबेरसम्म आइसियूबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा जेपी जयसवालले नेतृत्व गरिरहेका छन्।