इट्टाभट्टाको पर्खाल भत्किएर २ जना बालबालिकाको मृत्यु, २ जना घाईते !

काठमाडौं, ३ माघ । काभ्रेको इट्टाभट्टाको पर्खाल भत्किएर २ जना बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रोल्पा स्थायी घर भई काभ्रेको वीर हनुमान इट्टा भट्टामा काम गर्ने बाबुआमासँगै बस्दै आएका करिब ३ वर्षीया जेनिसा परियार र ११ महिने निर्माण परियार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

इट्टा भट्टामा रहेको करिब १० मिटर अग्लो पर्खाल भत्किँदा कामदार सीतादवी पासवान, झरना घर्तीसँगै साना २ बाल बालिका जेनिसा र निर्माण पनि घाईते भएका हुन् ।

उनीहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अन्य दुई जनाको भने सोही अस्पतालमा उपचार भईरहेको छ ।