अन्ततः विवादित सुख्खा बन्दरगाहको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

विश्व बैंकको सहयोगमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले आज शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तु समेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो ।

बिश्व बैंकको करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।