प्रहरीको कुटाइबाट पेटको मेजर सर्जरी नै गर्नुपर्यो ! पेटभरीमा झण्डै ५२ बढी टाँका

कास्की – प्रहरीको कुटाइबाट कास्की गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको पेटको मेजर सर्जरी गर्नुपरेको छ । सामान्य भनाभन मै दुइ जना प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ ।

पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाएको बताइएको छ ।

बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ बढी टाँका लगाइएको बताइएको छ । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।