विवाहपछि रणवीरमाथि दीपिकाले लगाइन् तीन प्रतिबन्ध, रणबिरले गरे यसको खुलासा !

एजेन्सी, ३ माघ । केहि समय अगाडी बिबाह गरेका बलिउड चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणबिचको एक अर्काप्रतिको केयरिङ र प्रेमका कुराहरुको बारेमा अझै बलिउडमा चर्चा चलिरहेको छ । यसको अलावा विवाहपछि दीपिकाले रणवीरमाथि केहि प्रतिवन्ध लगाएको कुराले पनि बलिउड उत्तिकै तातिएको छ । जुन रणवीरले पालना गर्नै पर्ने छ । फिल्मफेयरसँगको एक अन्तर्वार्ताको क्रममा रणवीरले सो खुलासा गरेका हुन् ।

रणवीरले श्रीमती दीपिकाले आफूमाथि लगाएको तीन प्रतिबन्धमा पहिलो राती अबेरसम्म घर बाहिर बस्न नहुने, दोस्रो घरबाहिर निस्कनुअघि घरको खाना खाएर निस्कनुपर्ने र तेस्रोमा श्रीमती दीपिकाले गरेको हरेक फोन कल उठाउनुपर्ने रहेका छन् ।

दीपिकाले रणवीरलाई अन्य कुरा बिर्सीएपनि यी कुरा सधैं याद राख्न सुझाएको समेत रणवीरले बताए । रणवीरले भने यी तीनै कुरा पुरा गर्न नसकेतापनि आफु श्रीमतीलाई अत्याधिक माया गर्ने र उत्कृष्ट श्रीमान बन्न हरपल प्रयासरत रहने जनाएका छन् ।

वैवाहिक जीवन पश्चात रणवीर सिंह यतिखेर आफु अभिनित फिल्म ‘सिम्बा’को सफलताले हर्षित छन् । जुन फिल्मले प्रदर्शनको तेस्रो हप्तासम्ममा २२७ करोड ब्यापार गरिसकेको छ ।