सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ

काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको भाउमा कुनै परिबर्तन आएको छैन । हिजो प्रतितोला ६१ हजार रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ६०हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ ।त्यस्तै चाँदीको मुल्य पनि आज कुनै परिबर्तन नभइ प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।