रोनाल्डोको एक गोलले युभेन्टसले जित्यो सुपर कपको उपाधि

काठमाडौं, ३ माघ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यसै सिजनदेखि युभेन्ट्स गएका हुन् । युभेन्ट्समा पनि उनले आफ्नो जादुमय खेल देखाएका छन् ।

रोनाल्डोको एक गोलले युभेत्न्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । साउदी अरेवीयाको जेदाहमा बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरेका हुन् ।

युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जित्दै सुपर कप सिजनको पहिलो उपाधि भित्र्याएको छ ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले मिलालिम पाजनिकको पासलाई आकर्षक हेड मार्फत पोष्टको दिशा दिएका थिए । खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड पाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।