कमेडियन कपिल शर्मा २५ करोडको घरमा बस्छन्, साढे १ करोडको कार चढ्छन्

एजेन्सी, ३ माघ । कमेडियन कपिल शर्माले लग्जरियस लाइफ बिताइरहेका छन् । १७० करोड भन्दा बढी सम्पत्तिका मालिक कपिलसँग धेरै महंगा बस्तुहरु छन् ।

उनि कस्तो घरमा बस्छन्, कति मुल्यको कार चढ़छन् भन्ने बारेमा आज हामी तपाइँलाई जानकारी दिनेछौं ।
लामो समय डिप्रेसनको शिकार बनेका कपिल शर्मा नयाँ शो द कपिल शर्मा शो का साथ टेलिभिजन पर्दामा फर्किएका कपिलले इंस्टाग्राममा आफ्नो नयाँ भ्यानिटी भ्यानको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

कपिल शर्माले जब भ्यानिटी भ्यान किने, तब उनी चर्चामा छन्। कपिलको उक्त भ्यानिटी भ्यान सबैभन्दा महंगो हो । यो शाहरुख खानको भन्दा पनि महंगो भ्यानिटी भ्यान हो ।

कपिल शर्माको उक्त भ्यानिटी भ्यानको मूल्य साढे ५ करोड छ। यसको लुक्स हलिउड फिल्ममा स्पेशल इफेक्टद्वारा बनाइएको जस्तो सुपर व्हीकल जस्तो छ ।

आलिशान बंगलादेखि लग्जरी कार

कपिल शर्मासँग लग्जरी मर्सिडीज कार छ । जुन उनको महंगो चिजमध्ये एक हो। यसको मूल्य करिब साढे १ करोड रहेको छ ।

कपिलसँग आलिशान बंगला समेत छ। यस भवनमा ऐश आरामका हरेक सुविधा रहेका छन् । यस भवनको मूल्य २५ करोड रहेको छ। कपिल पंजाबमा आउँदा उक्त भवनमा पनि जाने गर्दछन् ।

कपिलसँग मुंबईको डीएलएच एन्क्लेवमा निकै महंगो फ्लाट छ । उक्त फ्लाटको मूल्य १५ करोड रहेको छ ।