सुन्नै नसकिने छाडा बोल्ने साकारको यस्तो रुपमा देख्दा सबै चकित (भिडियो)


काठमाडौँ । अस्ट्रेलियामा अध्ययनरत रहेका साकार अधिकारी एक्कासी सामाजिक संजालमा अश्लिल बोल्दै लाइभ आए पछी चर्चामा आएका थिए । त्यति मात्र हैन उनि नराम्रोसंग कुलतमा पनि फसेपछि उनकी आमाले छोरालाई बचाई दिन सार्बजनिक आह्वान नै गरेकी थिइन ।

धेरैले उनको मानसिक स्वास्थ्य ठिक नभएको भनेपछि उनलाई अष्ट्रेलियाबाट नेपाल फर्काइएको थियो। उनी अहिले नेपालमै छन्। उनले आफ्नो महत्वाकांक्षी एल्बम ‘श्री ५’ पनि सार्बजनिक गरिसकेका छन् । उक्त र्यापमा फिचरीङ गरेका छन् चर्चित र्यापर युनिक पोएटले । उक्त गीतलाई धेरैले रुचाएका छन् जसकारण गीत युट्युबको नेपाल ट्रेन्डिङ नम्बर ३ मा पर्न सफल भएको छ।

यसैबीच र्‍यापर साकारले युट्युबमा आफ्नो भिडियो ब्लग सुरु गरेका छन्। पहिलो भिडियो ब्लगमा उनी घरमा पूजापाठ गरेको अवस्थामा देखिए। हेर्नुस् भिडियो।

एल्बम ‘श्री ५’को किङ्ग अफ नेपअप र्याप हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
Advertisement