एटीएम चलाउनु हुन्छ ? पिन चोरीबाट यसरी बच्न सकिन्छ ! एटीएम बोक्ने सबैले थाहा पाउनै पर्ने जानकारी यस्तो छ

साधारण काम गर्ने अथवा रोजगार गर्ने मानिसले अलि अलि कमाएको रकम पक्कै पनि कुनै पनि सहकारी अथवा बैकमा राख्ने गर्छन । बैंकमा राखेको रकम चेकबाट मात्रै नभई एटीएम कार्डबाट पनि रकम निकालिन्छ । तर के यो सुरक्षित छ त ? बेला बेलामा हामीले सुन्ने गरेका छौ । एटिएमबाट पैसा छोरी भयो भनेर । एटिएमको डाटा र पिन नम्बर चोरी गरी रकम निकाल्ने घटनाहरु गह्तिरहेकै छन् । एटीएमबाट पैसा झिक्न सजिलो तरिकाले निकाल्न मिल्ने भएको हुनाले मानिसहरु प्राय आफ्नो खाता रहेको बैंकबाट एटीएम बनाउने गर्छन ।

एटीएम कार्डलाई नेपालीमा स्वचालित गणक मशीन भनिने गरीन्छ । यो मशीन एउटा दूरसंचार नियंत्रित या कंप्यूटरीकृत उपकरण हो जुन ग्राहकको वित्तीय हस्तांतरणसंग जोडिएको सेवा प्रदान गर्दछ । आफ्नो खाताबाट स्वचालित एटीएम कार्डको एउटा गोप्य पिन नम्बर हुने गर्दछ जुन उक्त खातावालासंग मात्र हुने गर्छ । यस्तो पिन यदी अरु कसैलाई थाहा दियो भने उक्त व्यक्ति तपाइको कार्डबाट सजिलैसंग पैसा निकाल्न सक्छन । त्यसकारण कसरी बच्ने त यस्तो पिन चोरीबाट

सर्वप्रथम एटीएम कार्ड जारी गर्दा बैंकबाट एसएमएस अलर्ट सुविधा लिने ।
आफुले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्ने ।

समय- समयमा पिन परिवर्तन गरिरहने ।
आफ्नो एटीएम कार्ड सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा पिनकसैलाई सेयर नगर्ने ।
बैंकले एटीएम बुथ भित्र तथा बाहिरको गतिविधि सुक्ष्म रुपमा सिसिटिभी मार्फत निगरानी गर्नुपर्ने र अस्वभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने हुन्छ ।

म्याग्नेटिक स्ट्रिप कार्ड भन्दा तुलनात्मक रुपमा सुरक्षित इएमभी चिप कार्डहरु नेपालका बैंकहरुले यथाशीघ्र प्रचलनमा ल्याउनुपर्ने ।
एटीएम बुथ भित्र उल्लेखित अस्वभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने ।

पिन इन्ट्री गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड इन्सर्ट गरी पिन इन्ट्री गर्ने । हातले छोपेर सुरक्षित तवरले पिन इन्ट्री गर्ने ।

एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा जेनुआन पार्ट्स बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै कार्ड इन्सर्ट गरी पिन इन्ट्री गर्ने ।

कुनै एटीएम बुथमा अस्वभाविक उपकरण जडान भए नभएको यकिन गर्न एक-अर्को एटीएम बुथसँग तुलना पनि गर्न सकिन्छ ।
एटीएम बुथ भित्र विशेषगरी कि-प्याड नजिक प्वाल पारिएको जस्तो देखिएमा सो प्वालभित्र पिन होल क्यामेरा जडान गरिएको हुनसक्दछ ।