मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी तेन्जिङ र मिङमालाई (भिडियो सहित) विशेष अतिथिमा राजेश हमाल

काठमाडौं ( गौतम बुद्ध फिल्म प्रा. लि.को आयोजनामा मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ ९सिजन (१० को मिस्टर टीन शेर्पाको उपधी तेन्जीङ शेर्पा र मिस तर्फ मिङमा ल्हमु शेर्पाले हात पारेकी छन् ।

प्रतियोगितमा मिस्टर टिन शेर्पा तर्फ क्रमश, छिरिङ शेर्पा र टासि छिरीङ शेर्पा फस्ट र सेकेण्ड रनर अप भए , भने मिस टिन शेर्पा तर्फ छोडेन शेर्पा र ङिमाली शेर्पा क्रमश, फस्ट र सेकेण्ड रनरअप घोषित भए । मिस्टर अडियन्स च्वाईस लाक्पा ग्याल्बु शेर्पाले जीते । मिस तर्फ अडियन्स च्वाईस लमु शेर्पाले जीतिन्|

मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ ९सिजन( १ ० का बिजेता र तेन्जीङ शेर्पा र मिङमा ल्हमु शेर्पाले ताज सहित ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद जिपछिरिङ शेर्पा, विशेष अतिथि महानायक राजेश हमाल, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, टानका महासचिब आङ पेम्बा शेर्पा आदि सहभागी थिए ।

विशेष अतिथि रहेका राजेश हमालले भने – ‘ तपाइहरु एउटा समुदायको हुनुहुन्छ हामीहरु अर्को समुदायको भएपनि हामी सबै एकै थलोका व्यक्ति हौँ केही फरक छैन तपाइ हामी एउटै हौँ यो कार्यक्रमले नयाँ पिढीहरुका लागि हौसला बढाउने, बैद्धिक हिसाबले रअनुभवकोहिसाबले अगाडी बढाउनमा ठूलो सहयोग गर्छ भन्ने कुरामा विश्वास लिएको छु । ’

शेर्पा समुदायमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउनका साथै शेर्पा समुदायको युवालाई नेतृत्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम र क्षमतावान युवा शेर्पा नेतृत्व समुदायले पाउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम गरेको आयोजक गौतम बुद्ध फिल्मस प्रा। लि।का संस्थापक छिरिङ डोमा शेर्पाले बताइन् ।

(भिडियो)