एकै दिनमा ७५ लाख डलर कमाउने एलेनले लगाउँथे फाटेको ठाउँमा टेपले टालेको जुत्ता : उनले देखाएको दरिद्रताभित्र लुकेको महानता तव थाहा भयो, जव उनको मृत्यु भयो, जसले बनायो विश्वलाई नै स्तब्ध ! (पुरा पढ्नुहोस्)

काठमाडौ, २ माघ । संसारमा मानिसका सौख अचम्म लाग्दा हुन्छन् । कोहि भइ नभई पनि रवाफ देखाउन रूचाउँछन्, कोहि अर्बौंको मालिक भएर पनि दरिद्रता देखाइरहेका हुन्छन् । अमेरिकाको एक व्यक्ति, जसले दैनिक ७५ लाख कमाएर पनि फाटेको जुत्तालाई टेपले टालेर लगाउँथे यसैकारण उनलाई चिन्ने जतिले ‘कन्जुस मान्छे’ भनेर ट्याग नै लगाइदिएका थिए । तर जव उनको ६३ वर्षकाे उमेरमा क्यान्सरको रोगको कारण मृत्यु भयो त्यसपछि थाहा भयो कि उनको त्यो कन्जुस्याईभित्र कत्ति ठुलो महानता लुकेको रहेछ भनेर ।

अमेरिकाको एलेन नाम गरेका ती व्यक्ति बाबुआमाको मृत्युपश्चात पनि बिहे नगरी बसेका थिए । आफ्नो मानसिक रोग भएका दाजुलाई हल्का सहयोग गर्दै बसेका थिए । उनी दिनमा ७५ लाख रुपैया दुई ठाउमा काम गरेर कमाउथे । तर खर्च गर्ने नाममा एक सुका पनि गदैनथे । उनले लगाउने कपडा फाटेको हुन्थ्यो भने जुत्ता फाटेको ठाउँमा टेपले टालेर लगाउथे । तर उनीसगँ पैसाको केही कमी थिएन् । उनको दिनको ७५ लाख कमाई मात्र नभएर पैतृक सम्पतीहरु पनि धेरै थियो । जसको जीवनशैली संसारकै मानिसहरुको भन्दा निकै फरक थियो । तर एलेनको मृत्यु भएपछि यस्तो डरलाग्दो रहस्य खुल्यो । जसकारण सबैको आँखा रसायो ।

हो, उनले जिन्दगीभर कमाएको पैसा र घर त उनले मृत्यु अघिनै गरिब र घरबारविहीन , बेसाहारा , एकल बालबालिकालाई दान गरिसकेका रहेछन् । जहाँ उनले आफ्नो बस्दै आएको घर १ करोड १० लाख डलर (१ अर्ब २४ करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ति यस्ता बालबालिकालाई छोडेर गएका रहेछन् । भने उनले आफ्नो सम्पत्ति फरक फरक क्षेत्रसँग जोडिएका संस्थाहरुलाई दान गरेर गएका थिए । उनले अनाथालय, अस्पताल, वृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पत्ति दान गरेका रहेछन् । जुन कुरा ती संस्थाहरुलाई समेत मृत्युअघि थाहा छैन् रहेछ । जहाँ उनले बालबालिकाको एक अस्पतालको लागि उनले २.५ मिलियन डलर दान दिएर गएका थिए । यो एलेनका दानमध्येको सबैभन्दा ठूलो रकम थियो । जसकारण अहिले उनको जताततै प्रशंसा भइरहेको छ ।