५ वर्षकी यी बालिकालाई लाग्यो अनौठो रोग : २ बर्षमै बढे स्तन, ४ बर्षमै भयो महिनामारी !

काठमाडौं, २ माघ । कुनै बालिकाको २ बर्षमै स्तन बढ्ने र ४ बर्षमै महिनावारी हुने कुराले परिवारलाई मात्रै होइन दुनियालाई नै चकित बनाएको छ ।

अहिले जम्मा ५ वर्षकी बालिकाको २ बर्षमै स्तन ठुला ठुला भएका थिए भने ४ बर्षमै महिनावारी भएपछि विश्व चकित भए पनि परिवार भने चिन्तित बनेका छन् ।

अस्ट्रेलियाली बालिका एमिली डोवर गम्भिर रोगबाट शिकार बनेकी छिन् । जसका कारण उनको शारीरिक संरचनाको विकाशका कारण उनको शारीरिक वृद्धि र बिकास भएको हो ।

जन्मिँदा सामान्य अवस्थामा जन्मिएकी थिइन् तर त्यसपछि उनको शरीरको विकास निकै तीब्र रुपमा भयो । एमिलीलाई एडिसन नामको रोग लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार एमिलीको शरीरका सबै अंगहरु जवान महिलाको जस्तै विकसित भइसकेका छन् भने अहिले एमिली युवती भएर अब पौढ हुन थालिसकेको उनका शरीरका हर्मोनले संकेत गरिसकेका छन् । उनको शरीरमा प्रौढ महिलाको जस्तो लक्षण देखिन थालिसकेका छन् ।