सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिसम्बन्धी विधेयक पारित

काठमाडौँ, २ माघ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पारित भएको जानकारी दिनुभएको छ ।

सभाको आजको बैठकमा अध्यक्ष तिमल्सिनाले गत पुस २९ गतेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको बताउनुभयो । विधेयक राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको थियो ।

यसैगरी बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘निवृत्तिभरण कोष विधेयक, २०७५’ र ‘भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५’ टेबुल गर्नुभयो । रासस