दैनिक जसो बलात्कारको घटना घटिरहेको बेला बलत्कार रोक्ने यी युवतीले प्रतिवापदन गरिन ‘बुलेट प्रुफ पेन्टी’,काट्न जलाउन नसक्ने पेन्टी (भिडियो)

एजेन्सी । देशभरी जताततै बलात्कारका घटना बढिरहेका छन । नाबालक देखि बुढी वृद्धसम्म दैनिक जसो बलात्कारको शिकार हुनु परेको छ । आफ्नै परिवारमा छोरीचेलिको सुरक्षा भएको छैन । आफ्नै आफन्तबाट धेरै जसो बलात्कारको शिकार हुने गरेको छन् ।

केहि जनचेतना मुलक कार्यक्रम केहि सुरक्षा तालिमहरु दिए पनि सबै ठाउँ त्यो असम्भब भएको छ । तर छिमेकि मुलुक भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोग गर्ने  पेन्टीको आविष्कार गरेको गरेकी छिन ।

भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खबर भारतीय समाचार मध्येमले जनाएको छ । पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खबरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन ।

झट्ट हेर्दा र अरु साधारण पेन्टीभन्दा फरक किसमको रहेको छ। बलत्कारबाट बाँच्नको लागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग

गरिएको जनार्ईएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनिरेकर्ड गर्नसक्ने जनाईएको छ । उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन।

उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ ।पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ ।

आफ्नो एक महिनालामो प्रयासपछि करिव पाँचलाख भारुको लागतमा यो पेन्टीको आविश्कार गर्न आफु सफल भएको उनले जानकारी गराएकि छन । एजेन्सी