गोठमा भैँसीलाई घाँस दिनु जादा १२ बर्षीय बालिका बलात्कार

काठमाडौँ। भैँसीलाई घाँस र पानी खुवाउने क्रममा १२ बर्षिय बालिकामाथि मुख छोपी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले बाजुराको बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। बलात्कारीले अन्य कसैलाई भने मारिदिने धम्की दिएपछि बालिकाले आफ्ना अभिभावकलाई जानकारी गराए र प्रहरीमा उजूरी गरि थापालाई पक्राउ गरिएको हो।

मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गराएपछि बालिकालाई जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा राखिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकरी दिए। आरोपी थापाले भने सहमतिमै शारिरिक सम्बन्ध राखिएको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।