तेजपत्ताको प्रयोग यत्ति धेरै फाइदाजनक हुन्छ भन्ने सायद कसैलाई थाहा नहुन सक्छ !

काठमाडौं, ७ बैशाख । तेजपातको पत्तालाई हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । यसले खानाको स्वादलाई बढाउन निकै मद्धत गर्छ । यसलाई हामी चियामा पनि प्रयोग गर्ने गर्छौं । यो आयुर्वेदमा विभिन्न खालका औषधी बनाउनको लागी प्रयोग हुन्छ । यसले हाम्रो स्वास्थ्यमा धेरै खालको फाइदा पुर्याउँछ । यसको प्रयोग बारे कतिपय मानिसहरु अन्जान हुने गर्छन् । त्यसैले पनि मानिसहरु तेजपातको प्रयोग निकै कम गर्ने गर्छन् ।

तेजपातले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन् :

१) तनाव हटाउन मद्धत :

एउटा ताजा तर सुकेको तेजपात लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने । तेजपातको सुगन्ध कोठाभरि फैलन्छ । यसबाट आनन्दित तथा तरोताजा महसुस हुन्छ । तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ ।

२) थकाइ हटाउन मद्दत गर्छ :

तेजपातको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।

३) छारेरोगमा उपयोगी :

तेजपात एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको धूवाँमा बस्नु राम्रो मानिन्छ । यसको धूवाँमा छारे रोगलाई जरैदेखि निर्मूल पार्ने गुण हुन्छ ।

४) छालाका लागि लाभदायक :

तेजपातको तेलमा मिनरल्स, भिटामिन्स तथा एन्टिअक्सिडेन्ट पाइनछ । त्यसकारण यो तेल मानिसको छालाका लागि अत्यावश्यक मानिन्छ । यसलाई लगाउनाले छाला कोमल, सफा एवं कीटाणुरहित बन्छ ।

५) साङ्ला हटाउन प्रभावकारी :

तेजपात साङ्ला भगाउनका लागि समेत प्रभावकारी हुन्छ । तेजपातलाई बालेर कोठामा राखिदिँदा साङ्लाहरू भाग्छन् । साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा यो प्रभावकारी एवं स्वस्थ हुन्छ ।