काठको साइकलामा सरर कुद्ने मणि, जसलाई राजाले पनि सम्मान गरे (भिडियो)

उर्लाबारी । पेसाले सिकर्मी उत्तरी मोरङको लेटाङ २ कमलपुरका मनिहर्क राईको साइकल चोरी भयो । २४ वर्षअघि ९ सय ७५ रुपैयाँमा किनेको साइकल चोरिएपछि अनौठो जुक्ति आयो । कापीमा नक्सा कोरे । अनि उनले सात महिना लगाए काठको साइकल बनाए । टायर(ट्युब, चेन र बे्रक मात्र पुरानोको, बाँकी सबै थोक काठको भएको साइकल देख्नेहरूले अचम्म माने ।

२०४४ सालमा लेटाङ खानेपानीको कार्यक्रममा तत्कालीन राजारानी वीरेन्द्र,ऐश्वर्य आएका थिए । आयोजकको अनुरोधमा उनले काठको साइकल चलाएर देखाउँदा एक हजार रुपैयाँ बक्सिस पनि हात पारेका थिए । मनिहर्कलाई वैदेशिक रोजगारीमा जाने लर्कोले भेट्यो । साइकल थन्क्याएर खाडीतर्फ लागे ।

११ वर्षपछि फिरेका उनी अहिले पुन त्यो काठको साइकल मर्मत गरिरहेका छन् । उनलाई यो साइकल संग्रहालयमा राख्न पनि मन छ । भन्छन्,’अब ब्याट्रीले चल्ने बनाउन कस्सिएको छु ।’