५ बर्षपछि क्यान्सरलाई जिते अभिनेता इमरानका ९ बर्षीय छोराले !

काठमाडौं, १ माघ । चर्चित भारतीय अभिनेता इमरान हाशमीको ९ बर्षीय छोरो ५ बर्षपछि क्यान्सरमुक्त भएका छन् ।

इमरान हस्मिले करिब ५ बर्षसम्म क्यान्सरसँग संघर्ष गरिरहेका आफ्नो ९ वर्षीय छोरा क्यान्सरमुक्त भएको जनाएका छन् । यो सुखद क्षणसंगै इमरानको लागि २०१९ अविस्मरणीय बनेको छ ।

आफुलाई एक भाग्यमानी पिता भएको भन्दै उनले सबैको माया र आशिर्वादले आज छोरा ५ बर्षपछि क्यान्सरमुक्त भएको बताएका छन् ।

इमरान र उनकी पत्नी परभिना साहनिको पहिलो सन्तानको रुपमा जन्मेको छोरा २०१३ मा पहिलो स्टेजको क्यान्सरले ग्रसित भएका थिए ।