बिपिएलमा आज सन्दीपको चौथो खेल, पक्कै गर्नेछन् चमत्कार !

ढाका, १ माघ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो चौथो खेल खेल्दैछन् ।

सन्दिप सहभागी टिम सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरिएन्सविरुद्धको खेल आज खेल्ने भएको हो ।

खेल नेपाली समय अनुसार बेलुका ६:१५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुुरु हुनेछ । पहिलो खेलमा सिल्हेटले कोमिल्लासँग ४ विकेटले पराजित भएको थियो ।

कोमिल्लाबाट अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ भने खेल्ने छैनन् । उनी चोटको कारण अष्ट्रेलिया फर्किसकेका छन् । यता स्टार खलाडीले भरिएको कोमिल्लामा तामिम इकवालसँगै पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, इमरुल कायस, एविन लुईस, सोएब मालिक जस्ता ठूला नाम गरेका खेलाडी छन् ।

सन्दीपले पहिलो खेलमा पाकिस्तानका पुर्व कप्तान समेत सोएव मालिक र अनमुल हकको विकेट लिएका थिए । त्यसयता दुई खेलमा सन्दीप विकेट बिहिन छन् ।