आखिर किन आफ्नै आश्रममा हुने पूजामा पनि सार्वजनिक नहुने भए बम्जन ?

सिन्धुली, १ माघ । आफ्नै कालो कर्तुतका कारण तपश्वी राम बहादुर बम्जन सार्बजनिक हुन छाडेका छन् ।

पछिल्लो समय सुरक्षाकारण उनि सार्बजनिक हुन छाडेका हुन् ।

सिन्धुलीस्थित आश्रममा माघ ६ गतेबाट हुन लागेको मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजा उनले सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम भए पनि उनि त्यहा सार्बजनिक नहुने बताइएको छ ।

आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।

आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ ।