उदाइन अर्की नेपाली चेली : हङकङमा आयोजित २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा ३१ देशका प्रतिस्पर्धीलाइ पछी पार्दै सिर्जना राईले खाली खुट्टाले नै दौडिएर जितिन गोल्ड मेडल

हङकङ, ३० पुस । हङकङमा आयोजित १८–२९ उमेर समूहको २६ किलोमिटर अल्ट्रा ट्रेल रेसमा नेपालकी सिर्जना राई पहिलो बनेकी छन्।

हङकङमा सम्पन्न क्युनेट गोर्खा ट्रेलब्लेजरको २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपाली चेली संखुवासभाकी २१ वर्षीया सिर्जनाराई पहिलो बनेकी हुन्।

उक्त रेसमा २६ किलोमिडरमध्ये अन्तिम ५ किलोमिटर खाली खुट्टाले नै दौडिएर विजयी बनेकी हुन्।

नेपालमा सिर्जनाले यसअघि ५० किलोमिटरको अन्नपूर्ण ट्रेल रेसमा तेस्रो स्थान, ५५ किलोमिटर पोखरा ट्रेल सिरिज पहिलो, १० किलोमिटरको धरान रनमा पहिलो बनेकी थिईन्।

दौडमा सहभागी ३१ मुलुकका ४ सय २ धावक सहभागी भएका थिए। जसमध्ये पुरुषतर्फ २६ किलोमिटरमा हङकङका मिङ वाई पहिलो बनेका छन्।

यस अघि नेपाली चेली मिरा राईले हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा जितीसकेकी छन ।