सबै भन्दा ठुलो कुरा पैसा नै रहेछ,छोराछोरीलाई खुवाउनुलाई खाना छैन्,बाच्नलाई पैसा छैन्,दुवै मृगौला संगै मुटुले पनि काम गर्दैन (भिडियो)

काठमाडौँ । सामाजिक संजाल युट्युबमा हरेक किसिमका भिडियोहरु देख्न पाइन्छ । तर नेपालमा पछिल्लो समय युटुबरहरुले गरिबी,साहारा बिहिन,पिडितहरुको बारेमा भिडियोहरु सार्बजनिक गरेर उनीहरुको समस्याको केहि पहल सम्म गरेका छन् ।

त्यस्तै,एक पात्र हुन् ३४ बर्षिया केशव पराजुली । काठमाडौँ कपनमा बस्दै आएका पराजुलीको दुवै मृगौला फेल भएको छ । भने, मुटुमा पनि समस्या आएको छ । दुई वर्ष देखि मृगौलाको डाइलासिस गरेर अहिलेसम्म जेनतेन जीवन चलाई रहेका छन् । उनका श्रीमती सरस्वती पराजुलीले घरेलु काम गरेर ७ बर्षिया  छोरी र ४ बर्षिया छोराको हेरचाहा गरेकी छिन ।

सुरु-सुरुमा आफन्तहरुले केहि रकम उठाएर उपचार भए पनि अब भने आर्थिक अवस्था नाजुक हुदै गएपछि पराजुली दम्पति सहयोगको अपेक्षामा छन् । पिडाले भरिएको मनले गहभरिको आशु खसाल्दै श्रीमती सरस्वतीले भन्छिन,सबै भन्दा ठुलो कुरा पैसा नै रहेछ । अहिले के खाउ भरै के खाउ भएको छ । यी मेला साना-साना छोरा छोरीलागि भएपनि बाच्नु पर्छ । सहयोगी मन भएका सबैसंग नेपाली दाजु भाई दिदि बहिनिहरुलाई जति सकेको आर्थिक सहयोग गरिदिन विनम्र अनुरोध गरेकी छिन् ।