२०२० देखि कोरियन भाषा परीक्षा अनलाइनबाटै लिइने

काठमाडौँ, ३० पुस । नेपाली युवाहरुको रोजगारीको आकर्षक गन्तब्य रहेको कोरियाको भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।

सन् २०२० देखि वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस)को भाषा परीक्षा अनलाइनबाटै हुने भएको हो ।

इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार यसका लागि प्रक्रिया अगाडी बढाइसकिएको छ ।

‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’