खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर : मेयर पंजियार

  • आलोक यादव

जनकपुर, सिरहा, २९ पुस । खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले वताए । उनले भने मानवअधिकारसंग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्नेभएकोले खाद्य अधिकारको संरक्षणमा लागि परेको वताए । आम नागरिकको आधारभुत आवश्यकता अन्तर्गत शिक्षा,स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानवअधिकार संगै खाद्य अधिकारको प्रत्याभुति दिलाउनका लागि आफु प्रतिबद्ध रहेको वताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश न.२ जनकपुर कार्यालयद्धारा सञ्चालित स्थानीय समुदायको शिक्षा,स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी वनाउनका लागि पहल कार्यक्रम अन्तर्गत सरोकारवाला र सेवाग्राहीसंग परिचयात्मक बैठक तथा मानव अधिकार निगरानी समुह गठन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पंजियारले भने नगरपालिका अन्तर्गतका सबै सेवा प्रदायक निकायहरुलाई राज्यले प्रदान गरेको सेवा सुविधा सहि र सहज रुपमा प्रदान गर्न आह्वान गरिएको वताए । इन्सेकको पहलमा यस नगरका विभिन्न वडामा देखिएको समस्याहरु नगरमा आए आफु समाधान गर्नका लागि आफना मातहत निकायका शाखा प्रमुखहरुलाई लगाउने वताए ।

कार्यक्रममा शिक्षा शाखाका उपसचिव महेन्द्र महतोले भने गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि सवै जिम्मेवार हुनुपर्ने वताए । शिक्षामा लगानी गरेअनुसार उपलब्धी हासिल हुन नसक्नु प्रति दुख व्यक्त गर्दै महतोले भने यसको जिम्मेवारी अभिभावक,शिक्षक र वडाध्यक्ष स्वय भएको वताए । स्थानीय तहले शिक्षाको अधिकार दिइसेकोले निगरानी र प्रभावकारी सेवा प्रवाहको अवस्था वारे नियमित रुपमा फलोअप गर्न उनले आग्रह गरे ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव इन्द्रदेव यादवले भने नगरपाालिकामा शिक्षा स्वास्थ्य र आद्य अधिकारको अवस्था सोचे अनुसारको नरहेको वताए । उपसचिव यादवले भने लगानी अनुसार प्रतिफल नआउदा समस्या हुने गरेको वताए । कार्यपालिकाले अहिले विभिन्न कानुनहरु निमार्ण गरिरहेको सन्दर्भमा अगामी दिनमा खाद्य अधिकारलाई पनि मध्यनजर राखेर कानुन निमार्ण गरि आम नागरिकलाई मानव अधिकारको प्रत्याभुति दिलाउने वताए । यसका लागि सबैको सहयोग र साथ आवश्यक रहेको वताए ।

कार्यक्रममा शोभा भण्डारीको संयोकत्वमा १२ सदस्यीय मानव अधिकार निगरानी समुह गठन भएको छ । समितिको सदस्यहरुमा क्रमश श्यामबाबु यादव,अरुण कुमार महतो,विरेन्द्र महतो,पवनदेवी दास,प्रमिलादेवी साह,शान्तिदेवी महतो,प्रभा महतो,जुगे साह,रामकुमार शर्मा,अहमद शर्मा र कमलेश यादव सर्वसहम्मत चयन भएका छन् । समितिले नगरमा शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको सवालमा समस्याहरु प्हिचान गरि प्राथमिकताको आधारमा काम गर्ने वताए ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवानले भने यस नगरमा इन्सेकले मानव अधिकारसंगै शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको समस्यामा काम गर्ने वताए ।

गुणस्तरिय शिक्षाका लागि आवश्यक पहल र पैरवीको काम इन्सेकले निरन्तर रुपमा गर्ने वताए । गठन भएका मानव अधिकार निगरानी समुहहले समस्या पहिचान गरि प्राथमिकताको आधारमा समस्या समाधानमा पहल गर्ने वताए । कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश न.२ का प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमा,वडाध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,नागरिक समाज,संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।