सरकारी गाडीको दादागिरी : कीर्तिपुरमा पशुसेवा विभागको टोयटा गाडीले ठक्कर दिंदा मोटरसाइकल चालक अंकित प्रजापति गम्भीर घाइते, उनको अवस्था चिन्ताजनक !

काठमाडौं, २९ पुस । कीर्तिपुरको नयाँ बाटोमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

कीर्तिपुरको नयाँ बाटो छिर्ने मोडमा आज बिहान सवा ९ बजे सपशुसेवा विभागको टोयटा गाडीले ठक्कर दिँदा चाबहिल हाँडीगाउँ बस्ने १८ वर्षीय मोटरसाइकल चालक अंकित प्रजापति घाइते भएका हुन् ।

गाडीको ठक्करबाट उछिट्टिएर उनी ढल छोप्न बनाएको स्ल्याबमा ठोक्किन पुगेका थिए । उनलाई उपचारका लागि बल्खुस्थित बयोधा हस्पिटल लगिएको छ । उनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।

गाडी चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।