मेसेडोनियाको नाम अनुमोदनका लागि ग्रीक अधिकारीसँग आग्रह

स्कोपी, । मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।

मेसेडोनियाको संसदले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्नेगरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उहाँले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदहरूसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गर्नुभएको हो ।

उहाँले ग्रीसको राजधानी एथेन्समा गरिउको एक पत्रकार सम्मेलनमा भन्नभयो, “नामलाई अनुमोदन गर्न ग्रीक संसदको पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसदले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसदले पनि निर्णयलाई सदर गरिदिनेछ ।” रासस