धादिङमा एकाबिहानै बस दुर्घटना : ३१ जना घाइते, १ को अवास्था चिन्ताजनक !

धादिङ, २९ पुस । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस एकाबिहानै दुर्घटनामा परेको छ ।

बा२ख ४६८३ नम्बरको बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।

अत्यधिक गतिमा रहेको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।