विवाहित महिलाले पढ्नै पर्ने : विवाहित महिलाले यस्ता सिन्दुर प्रयोग गर्दै नगर्नुस् , आइपर्नेछ ठुलो संकट !

काठमाडौं, २८ पुस । विवाहित नारीहरुले लगाउने सिन्दुरलाई सौभाग्यको प्रतिक मानिन्छ । हिन्दू धर्ममा त सिन्दुरको झनै ठूलो महत्व हुन्छ । हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ । यद्यपी महिलाहरुले आफ्नो सिउँदोमा सिन्दुर लगाउँदा विशेष ध्यान दिन आवश्यक हुनेछ ।

धर्मशास्त्रमा सिन्दुर लगाउने केही नियमहरु बताइएको छ जुन हामीले तपाईहरुलाई बताउन लागिरहेका छौँ । शास्त्रका अनुसार यी नियमहरु पालना नगर्ने महिलाहरुले जीवनमा धेरै समस्याहरुको सामना गर्नुपर्नेछ ।

१. अन्य महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनु हुँदैन । यसो गर्दा जीवनमा धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ र जीवनमा सोचे आनुसार सफलता हँसिल गर्न नसकिने मान्यता रहेको छ।

२. आफू वा आफ्नो पति बाहेक अन्य व्यक्तिले किनेर ल्याएको सिन्दुर लगाउने गर्नु हुँदैन । अन्य व्यक्तिले किनेर ल्याएको सिन्दुर लगाउनु ठूलो भूल हुनेगर्छ जसले तपाईको पतिलाई समेत नकारात्मक प्रभाव पुर्याउने गर्छ भने उसले आर्जन गरेको सम्पूर्ण धन नष्ट हुँदै जाने र जीवनमा ठूलो आर्थिक संकटले घेर्ने विश्वास रहेको छ ।

३. अन्य कुनै व्यक्तिले उपहार दिएको सिन्दुर उसको मनमा चोट नपुगोस भनेर राख्नु अलग कुरा रहन्छ तर यस्तो सिन्दुर लगाउनु हुँदैन । तपाईले लगाउने सिन्दुरसँग पतिको प्रत्यक्ष सम्बन्ध रहने भएकाले पतिको समेत हरेक काममा अवरोध आउने गर्छ ।