तरुण दलले माघ ८ देखि १४ गतेसम्म सातै प्रदेशमा सरकारविरूद्ध विरोध सभा र र्‍याली गर्ने

काठमाडौं, २८ पुस । नेपाल तरुण दलले सातै प्रदेशका केन्द्रमा पुगेर सरकारबिरुद्ध विरोधका कार्यक्रम गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरूद्ध तरुण दलले सातै प्रदेशका केन्द्रमा बिरोधका कार्यक्रम गर्न लागेको हो ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शनिबार निकालेको प्रेस विज्ञप्तिमा माघ ८ देखि १४ गतेसम्म प्रदेशका केन्द्रमा विरोध कार्यक्रम तय गरेको उल्लेख छ ।

तरुण दलले वाइड बडी जहाज खरिदमा भएको अनियमितता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा सरकारले दोषी पहिचान गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नुजस्ता मुद्दा सातै प्रदेशमा उठाउँने कार्यक्रम तय गरेको छ ।

बिज्ञप्ति हेर्नुहोस् :