दिपिकाका पति रणवीर बने भाग्यमानी अक्षय, शाहरूख लगायतका चर्चित कलाकारहरुलाईसमेत उछिन्दै अघि बढिन् दिपिका पादुकोण,

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको आम्दानी कति छ होला ? उनी सर्वाधिक कमाउने भारतीय सेलिब्रेटीको शीर्ष स्थानमा रहेका छन् । उनले ब्राण्ड भ्याल्युको मामलामा चर्चित सेलेब्रेटीलाई समेत पछाडि पार्दै आँफु अघि लागेका छन् । युथ आइकन कोहली डफ एण्ड फेल्प्सका सेलिब्रेटी ब्राण्ड लिस्टमा लगातार दोस्रो वर्ष शीर्ष स्थानमा रहेका हुन्।

कोहलीले १७०.९ मिलियन डलर अर्थात १९१३.६ करोड रूपैयाँको ब्याण्ड भ्याल्लुसँगै शीर्ष स्थानमा कायमै रहेको बिबिसीले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । शीर्ष १० भित्र अटाउने एक मात्र खेलाडी कोहलीमात्र हुन्। बाँकी सबै बलिउडका चर्चित सेलिब्रेटीहरू रहेको समाचरमा जनाइएको छ । यो लिस्टको दोस्रो स्थानमा ११४७.२ करोडसहित दिपिका पादुकोण छन्। तेस्रो स्थानमा अक्षय कुमार, चौथो स्थानमा रनवीर कपुर तथा पाँचौ स्थानमा शाहरूख खान छन् ।