कुकुरले टोक्नेबित्तिकै रेबिज रोगविरुद्धको सुई लगाउन डाक्टरको अनुरोध, यि लक्षण देखिएमा स्याहार सुसारमा संलग्नले पनि सुइ लगाउनु पर्ने

काठमाडौं । कुकुरले टोक्नेवित्तिकै रेबिजविरुद्धको सुई लगाउन डाक्टरले आग्रह गरेका छन् । रेबिज रोगको उपचार सम्भव नभएकाले डाक्टरले कुकुरले टोक्नेबित्तिकै खोप लागउन आग्रह गरको हुन् । दोलखा र बारामा रेबिजका कारण दुईजनाको ज्यान गएपछि डाक्टरको यस्तो सल्लाह आएको हो ।

केही स्वास्थ्यकर्मीले नै घरमा पालेको र सुई लगाएको कुकुरले टोक्दा मानिसलाई सुई लगाउन पर्दैन भन्ने गलत सन्देश दिँदा रेबिज लाग्ने खतरा बढेको डाक्टरहरुले बताएका छन् ।कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

यो सुई ४ देखि ५ पटकसम्म लगाउनुपर्छ । कुकुरले टोकेपछि तत्काल सुई लगाउदा रेबिजको असर कम गर्न सकिए पनि सुई नलगाउँदा ज्यानै जाने खतरा हुने डाक्टर बताउछन् ।रेबिज लागेको व्यक्तिको कुकुरले टोकेको ठाउँमा झमझमाउने, दुख्ने, पानी हावा–पानीसँग डराउने, उत्तेजित र आक्रामक हुने जस्ता

देखिएका व्यक्तिको स्याहार सुसारमा संलग्नलाई पनि सुई लगाउनु पर्ने डाक्टर बताउछन् ।