भाइरल समिक्षा अधिकारीको अर्को मार्मिक गीत ‘बाबा’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, २७ पुस । यतिबेला जताततै समिक्षा अघिकारी भाइरल भएकी छिन् । युट्युब, सामाजिक संजाल जताततै समिक्षामय छ । नेपाली चलचित्र नाई नभन्नु ल ५ को “बालापनको उमेर” लगायतका थुप्रै चर्चित गीत गाएर भाइरल भएकी बाल गायिका समिक्षा अघिकारीले “बाबा” बोलको गीत सार्बजनिक गरेकी छिन् ।

दीपेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीतमा रहेको गीत “बाबा” को म्युजिक भिडियो सार्वजनिक भएको हो । अर्जुन पोखरेलको सम्पादन रहेको गीत निकै नै मार्मिक बनेको छ ।

बिशेष गरि परदेशमा रहेका बुबालाई अब आफ्नै देशमा फर्किनु भन्ने कुरा उक्त भिडियोमा देखाइएको छ ।

भर्खरै उनलाई संगीतकार बसन्त सापकोटाले उनको स्थायि घर पोरखाबाट नयाँ गीत रेकर्ड गराउन काठमाडौँ ल्याएका हुन् । राजधानी स्थित एक स्टुडियोबाट उनले आफ्नो गीत रेर्कड गराएकी थिइन् ।

भिडियो हेर्नुहोस् :