प्रहरीले मदिरा नष्ट गरेको छ

सप्तरी, २७ पुस | अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा आज प्रहरीले ठूलो परिमाणमा मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय महुली र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सीतापुरको संयुक्त टोलीले वडा नम्बर ४ सीतापुर कोलनीमा ठूलो मदिराजन्य कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जनाइएको छ ।

प्रहरी नायब निरीक्षक रामबाबुराय यादव र सशस्त्र प्रहरी नायब निरीक्षक भूपेन्द्रप्रसाद बहडखेरको नेतृत्वको टोलीले छापा मारी एक हजार ५०० मदिराजन्य कच्चा पदार्थ र १०० लिटर तयारी घरेलु मदिरा गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरीलगायतको रोहवरमा नष्ट गरेको हो । रासस