यसकारण ट्रोल बनिन रानी मुखर्जी !

एजे, २७ पुस । मीटू अभियानका कारण अभिनेत्री रानी मुखर्जी बबाल ट्रोल भएकी छन् ।

सिएनएन–न्युज १८ का राजीव मसन्दले चलाएको एक्ट्रेस राउन्ड टेबलमा रानीले व्यक्त गरेका विचारका कारण उनी ट्रोलमा परेकी हुन् ।

दीपिका पादुकोण, अनुष्का शर्मा, आलिया भट्टसमेत समावेश कुराकानीमा उनले महिलाले हरेक कुराका लागि आफैँ जिम्मेवारी लिनुपर्ने र यौन दुव्र्यवहारबाट जोगिन सबै स्कुलमा छात्रालाई सेल्फ डिफेन्स तथा मार्सल आटर््स सिकाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनको कुरामा कोही पनि सहमत भएनन् । हुँदाहुँदा उनले कुनै पनि आमालाई कसैले पनि आफ्ना सन्तानलाई कसरी हुर्काउने भन्न नहुनेसम्म पनि भन्न भ्याइन् । यस्तै अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा उनी ट्रोलमा परिन् ।

सन् २०१८ मा बलिउडमा मीटू अभियान निकै चर्किएको थियो ।