बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टबिच इन्गेजमेन्ट हुदै

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टबिच प्रेम प्रसंग सबै तिर फैलिएको छ । यी जोडीले यहि २०१९ जुन महिनामा रिङ्ग साटासाट गर्दै छन् । रणवीरको बुबा ऋषी कपुर र आमा नीतू पनि छिट्टै यी दुईको बिहे होस् भन्ने चाहन्छन् ।

फिल्म ‘ब्रह्मास्त्र’को सुटिङको क्रममा भेट भई प्रेममा परेका यी जोडिको तत्काल बिहे गरिहाल्ने योजना नभएपनि रणवीरको आमा नीतूले भने लामो समय कुरिरहन उपयुक्त नहुने र रणवीरको विवाह गराउन आफु आतुर रहेको बताएकी छिन् ।

आलिया र रणवीरको हातमा अहिले एकपछि अर्को प्रोजेक्ट आइरहेको छ । आलियाको ‘राजी’ र रणवीरको ‘सन्जु’ हिट भएपछि अहिले उनीहरूलार्इ एकपछि अर्को फिल्मका स्कृप्ट लिएर निर्देशक निर्माता उनीहरूकहाँ धाइरहेका छन् ।