बाल कलाकार आयुव सेन अभिनित फिल्म ‘मेरी मामु’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक भएको छ । ७ वर्षीय बाल कलाकार आयुव सेन,सरुक ताम्राकार र अभिनेत्री अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ।  सन्तोष सेनको लगानीमा बनेको फिल्म यम थापाको लेखन र निर्देशन गरेका हुन् ।

भदौ १५ गते प्रदर्शन भएको यस चलचित्रले बक्स अफिसमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन् । आमा र छोराको सम्बन्ध बोकेको यो चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक तााम्राकारको साथमा नव-नायिका कुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भूमिका छ । फिल्ममा आयुव सेन र अश्लेषा ठकुरीसहित सारुक ताम्राकार, कुसुम श्रेष्ठ, भुवन चन्द, क्रिजन गौतम, दुर्गा मल्ल ठकुरी, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।