साप्ताहिक राशिफल – पौष १ देखि पौष ८ गते सम्म

काठमाडौँ । साप्ताहिक राशिफल आज आइतवार ०१ पौष २०७५, तदनुसार १६ डिसेम्बर २०१८ । आजबाट एउटा नयाँ साताको प्रारम्भ भएको छ । आउनुहवस् यस साताको ग्रहगोचरका साथमा आआफ्नो राशिफल केकस्तो छ थाहा पाऔं । आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– ०१ गते : पौष संक्रान्ति, धनगढी दुर्गा जाँत, डोटी पोखरी जाँत, पांगा वैष्णव देवी यात्रा, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र ०२ गते : कीर्तिपुरमा इन्द्रायणी यात्रा, मूहुर्त : कलशचक्र ०३ गते : मौक्षदा एकादशी व्रत, गीता जयन्ती, मूहुर्त : अग्निवास(होमादि), कलशचक्र ०४ गते : मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र ०५ गते : गुरु प्रदोष व्रत, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र ०६ गते : काशी, वाराणसी, भारतमा पिशाचमोचन तीर्थ श्राद्ध, नुवाकोटमा दुप्चेश्वर मेला, सबैभन्दा छोटो दिन, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, पुराणश्रवण, कलशचक्र ०७ गते : पूर्णिमा व्रत, उधौली पर्व, धान्यपूर्णिमा, धान्यपर्वत दान, गैंडु पूजा, धनेश्वर मेला, कुठिधान्य लक्ष्मी पूजा, दत्तात्रेय जयन्ती, रानीकोटमा श्री बाघभैरव पर्व, भक्तपुरमा अनन्त लिंगेश्वर मेला, चम्पादेवी मेला, योमरी पुह्नि, थिला पुह्नि, मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), घर छाउने/ढलान गर्ने

तल क्लिक गरेर यो साताको राशिफल सुन्नुहोस :

प्रस्तुति – सुकृति कोइराला

यो पनि पढ्नुहोस :

आजको राशिफल – वि.सं.२०७५ साल पौष ०१ गते । आईतबार । ईश्वी सन् २०१८ डिसेम्बर १६ तारिख

वि.सं.२०७५ साल पौष ०१ गते । आईतबार । ईश्वी सन् २०१८ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । योग व्यातिपात,४१ घडि ४७ पला,बेलुकी ११ बजेर ३६ मिनेट उप्रान्त वरियान । करण वालव,दिउँसो ०२ बजेर ४९ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर २१ मिनेट उप्रान्त तैतिल ।मार्ग शुक्ल पक्ष । तिथि नवमी,५१ घडी २० पला,रातको ०२ बजेर २१ मिनेट उप्रान्त दशमी । नक्षत्र उत्तरभाद्रपदा,४३ घडी ०५ पला,रातको १२ बजेर ०३ मिनेट उप्रान्त रेवती । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मीन । पञ्चक । पाँगामा वैष्णवीदेवी यात्रा । पौष संक्रान्ति । काठमाडौंमा सूर्योदय ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु प्रशन्न हुनेछन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढे गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मन प्रशन्न रहनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट)

निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाटभने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । फलामा तथा फलामसँग सम्बन्धित काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुनाले खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा बिभिन्न समस्याहरु आईलाग्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ । साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । सेवामुलक समाजिक संघ सस्थामा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ । न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नया कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस । तारानाथ भण्डारी ।