नाटकीय रुपमा घट्यो सबै घटना : १६ वर्षका छोराले आमालाई कुटे, काका र बहिनीलाई गोली हानि फरार भए !

हरदोइ, १५ पुस । १६ बर्षका एक किशोरले दिउँसै रक्सीले मातेर आमालाई कुटिरहेका थिए । आमा चिच्च्याएको आवाज सुनेर काका र बहिनि घटनास्थल पुग्दा उनुहरुलाई पनि ती किशोरले गोलि हानेर त्यहाँबाट फरार भएका छन् ।

घटना मध्यप्रदेशको हरदोइ जिल्लाको हो । हरदोइ जिल्लाको लिलवल गाउँका १६ वर्षका रमेश रक्सी पिएर घर पुगेको बताइएको छ । घर गएपनि उनको आमासँग विवाद भयो र उनी आमालाई गाली गर्दै कुटपिट गर्न थाले । हल्ला सुनेर परिवारका कैयौं त्यहाँ पुगे । रमेशका काका र बहिनी भने आमालाई बचाउन बीचमा आए । गाउँलेहरुले पनि रमेशलाई सम्झाउन थाले तर रमेशले मानेनन् बरु गाली गर्दै आमालाई कुट्न थाले ।

नशामा लठ्ठ रमेशले अचानक आफ्नो लाइसेन्सवाला बन्दुक निकाले र गोली हानिदिए । गोली त्यहाँ भएकी ८ वर्षकी बहिनी रजनी र काका आशरामलाई लाग्यो ।
दुवैलाई हतारहतार अस्पताल भर्ना गरियो ।

नाटकीय रुपमा एकैछिनमा भएको यस घटनाका दोषी किशोरलाई प्रहरीले खोजि गरिरहेको समाचारमा जनाइएको छ ।