प्रदर्शनकारीको ढुंगा प्रहारबाट मोदीको सुरक्षार्थ खटिएका प्रहरीको मृत्यु !

नयाँ दिल्ली, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिएर फर्कने क्रममा एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ ।

स्थानीय प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरी सुरेश वत्सकाे मृत्यु भएको हाे ।

गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश प्रधानमन्त्रीको सभामा सुरक्षा दिएर शनिबार बेलुका फर्किदै थिए । स्थानीय निषाद समुदायका केही व्यक्तिहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेको थिए । त्यहीबाेला स्थानीयले प्रहार गरेकाे ढुंगा लागेर प्रहरी सुरेशलाई चाेट लागेकाे थियाे ।

घटनामा अन्य दुई जना प्रहरी पनि गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मोदी शनिबार उत्तरप्रदेशको गाजीपुरमा एक सभालाई सम्बोधन गर्न गएका थिए ।
निषाद समुदायले आरक्षणको माग गर्दै प्रधानमन्त्री आएको बेलामा प्रदर्शन गरेका हुन् ।