टुँडिखेलमा विशेष कार्यक्रमका साथ आज तमु ल्होसार मनाइदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, १५ पुस । गुरुङ समुदायको महान चाड ‘तमु ल्होसार’आज विविध कार्यक्रम गरेर मनाइदै छन् ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै उनीहरुले यो पर्व मनाउन लागिएको हुन् ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा भने आज सार्वजनिक विदासमेत दिइएको छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।.