यस्ता खाना खादै नखानुहोस नत्र मुटुलाई असर गर्नेछ !

मुटु रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । मानिसले आफ्नो खानपिनमा राम्रोसँग ध्यान नपुर्याएको कारण यस रोगका बिरामीहरुको संख्या बढेको हो । मुटुलाई स्वास्थ्य बनाउनको लागी हाम्रो मुटुमा असर पुर्याउने खानेकुराहरु हामीले खान हुदैन । बाहिरी खाना देखि टाढानै रहनु पर्छ । अहिले हामीले खानपानमा धेरै लापरवाही गर्यौं भने यसले हामीलाई पछि गैर मुटुमा ठुलो समस्या ल्याउँछ ।

मुटुलाई अस्वास्थ्य बनाउने खानेकुराहरु यस्ता छन् :

१) बोसोयुक्त खानेकुराहरु :

बोसोले चिल्लोपना बढाउँछ । जसले गर्दा हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । त्यसका साथै उच्च रक्तचापको जोखिम पनि बढ्छ । यसले रगत संचालनमा समस्या ल्याउँछ र हाम्रो मुटुलाई असर गर्छ ।

२) मांसहार :

मासु खाने मानिसहरुमा मुतुकोइ समस्या आउने सम्भावना बादी हुन्छ । मासुमा प्रोटिन धेरै हुन्छ र शरिमा प्रोटिन धेरै भयो भने मुटुमा असर पर्छ । त्यसका साथै मासुले शरिमा कोलेस्ट्रोललाई बढाउन पनि मद्धत गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्नको लागी हामीले मांसहार खानेकुराहरु कमै खाने गर्नुपर्छ ।

३) पपकर्न, कफि क्रिम :

कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले बटद स्वादको पपकर्न बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

४) चिसो पेयपदार्थ :

सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

५) पिज्जा तथा फ्राइड राइस:

पिजा तथा फ्राई राइसमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । जसले हाम्रो मुटुलाई असर पुर्याउने काम गर्छ । यस्ता खानाले रगत संचालनमा ठुलो समस्या ल्याउने गर्छन्। (हेल्थ अपडेट्स)