जाडोले नाक बन्द भएर हैरान भयो अपनाउनुहोस् यस्तो उपाय

एजेन्सी । चिसो मौसममा रुघाखोकीको समस्याका कारण नाक बन्द हुने र रुघा लाग्नने समस्या हुन्छन् । नाक बन्द भएर हैरान भयो भने घरेलु उपायले समधान गर्न सकिन्छ ।

पानी उमालेर त्यसमा पुदिनाका पात पिँधेर हाल्ने र दुई मिनेपछि त्यो पानीको बाफ लिने गनर््पर्छ । दिनमा दुईचोटि यसो गरेमा बन्द नाकमा धेरै राहत पाउन सकिन्छ । कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिएमा पनि नाक खुल्छ ।

एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो भएपछि त्यसका केही थोपा नाकमा हालेमा नाक खुल्छ । पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नाले आराम हुन सहयोग मिल्छ । बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।