अनुहारमा चमक ल्याउन बिहान उठेर यसो गर्ने गर्नुस (विधि सहित)
तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।
सामाग्रीहरु
१) कागती २) थोरै नुन ३) चामलको पिठो ४) मह
बनाउने बिधि
पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।
दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।
यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नु पूर्ण रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।